Wednesday, २२ Jul २०२६

नगरपालिकाको बारेमा

परिचय

सूर्योदय नगरपालिकाको

परिचय

फिक्कल, पञ्चकन्या र कन्यामका गाउँ विकास समितिहरु एक आपसमा गाभिएर २०७१ सालमा  सूर्योदय नगरपालिकाको गठन भएको थियो। राज्यको पुनर्संरचना पश्चात साविकका गोर्खे, पशुपतिनगर, श्रीन्तु, समालबुङ, लक्ष्मीपुर र जोगमाई वडा नं ८ र ९ लगायतका थप गाउँ विकास समितिहरु गाभिइ यसको क्षेत्रमा वृद्धि भएको छ। अहिले यसको क्षेत्रफल 252.52 वर्ग किलोमिटर भएको छ। यो इलाम जिल्लाको मध्य भागमा अवस्थित छ। पूर्वमा दार्जिलिङ पश्चिममा इलाम नगरपालिका, दक्षिणमा इलाम नगरपालिका, उत्तरमा रोङ गाउँपालिका र उत्तरपश्चिममा माई नगरपालिका रहेको छ । भारतसँग पशुपतीनगर, छबिसे र मानेभञ्जाङ गरी तीनवटा सीमा नाका छन्।

अवस्थिति नक्सा

दीर्घकालीन सोंच

"सूर्योदय नगरपालिकाको समृद्धता: जैविक कृषि,पर्या-पर्यटन र आर्थिक समानता"

ध्येय

नगरपालिकाका विषयक्षेत्रगत नीतिहरूलाई मार्गदर्शकको रूपमा आत्मसाथ गर्दै स्थानीय विकास र सेवा प्रवाह सम्बन्धी कृयाकलापहरु सञ्चालन गरी नगरवासीलाई स्थानीय सरकारको प्रत्याभूति दिने ।

लक्ष्य

नगरपालिकाले संचालन गर्ने कृयाकलापहरूमा समय, लागत, गुणस्तर र परिमाणात्मक रूपमा निर्धारित लक्ष अनुसारको प्रगति हासिल हुने तथा सूर्योदय नगर पालिको आर्थिक, सामाजिक, भौतिक, वातावरण, संस्थागत सेवा प्रवाह, वित्तीय व्यवस्थापन र सुशासनमा अभिवृद्धि गरि नगरवासीको जीवन स्तरमा सुधार आएको हुनेछ ।

उद्देश्य

  • व्यावसायिक कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्नु
  • वातावरण मैत्री पूर्वाधार विकासको माध्यमद्वारा पर्यटन लगायत आर्थिक सामाजिक विकासको आधारशिला तयार गर्नु
  • प्राकृतिक स्रोतको दिगो उपयोग एवम् विपद् व्यवस्थापनद्वारा जीवनयापनलाई सुरक्षित बनाउनु
  • शासकीय सुशासनको अभिवृद्धि गर्नु
  • दक्ष मानव स्रोतको विकास, विस्तारित रोजगारी, लैंगिक समानताद्वारा उच्च आर्थिक वृद्धिदर हासिल गर्नु
  • वाल मैत्री स्थानीय शासनलाई अवलम्बन गर्नु ।

प्रतिज्ञा

Leaving No One Behind.

अधिकार क्षेत्र

स्थानीय सरकार सञ्चालन, विकास र सेवा प्रवाह स्थानीय तहका मुख्य काम हुन् । 
स्थानीय शासन : नगर परिषद्को व्यवस्थापन, स्थानीय कार्यपालिकाको व्यवस्थापन, न्यायिक समितिको व्यवस्थापन, नीति निर्माण, कानून निर्माण, बजेट निर्माण
स्थानीय विकास: नगर परिषद्बाट स्वीकृत योजना, कार्यक्रम र बजेटको दायराभित्र स्थानीय विकाससँग सम्बन्धित योजना र कार्यक्रमहरूको कार्यान्वयन, हस्तान्तरण गरिएका कार्यक्रमहरूको कार्यान्वयन।
सेवा प्रवाहः स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय तह र वडा कार्यालयको काम कर्तव्य र अधिकारको क्षेत्रमा सेवा प्रवाह

प्रमुख कार्यहरू

नेपालको संविधानमा भएका व्यवस्थाहरु

धारा ५७ को उपधारा (४) : स्थानीय तहको अधिकार अनुसूची ८ मा उल्लेख भएका विषयमा नगर सभाले बनाएको कानून बमोजिम हुनेछ ।

धारा २१४ को उपधारा (२) : स्थानीय कार्यकारिणी अधिकार अनुसूची – ८ र अनुसूची – ९ अनुसार सूचीमा उल्लेख भए बमोजिम हुनेछ ।

धारा २२१ को उपदफा (२) : नगर सभाको व्यवस्थापकीय अधिकार अनुसूची-८ र अनुसूची-मा उल्लेख भए बमोजिम हुनेछ।

धारा २२६ को उपदफा (१) : नगर सभाले अनुसूची-८ र अनुसूची-९ बमोजिम सूचीमा उल्लेख भएका विषयमा आवश्यक कानुन बनाउन सक्नेछ। (राज्यको कानुनले तोकेको कार्यविधि अनुसार)

नेपालको संविधानको अनुसूची–८ अनुसार स्थानीय तहका मुख्य कार्यक्षेत्रहरू देहायबमोजिम रहेका छन् ।

  •  नगर प्रहरी
  • सहकारी संस्थाहरु
  • एफएम सञ्चालन
  • स्थानीय कर
  • स्थानीय सेवाहरूको व्यवस्थापन
  • स्थानीय तथ्याङ्क र अभिलेखको संकलन
  • स्थानीय तहका विकास आयोजना तथा आयोजनाहरू
  • प्राथमिक र माध्यमिक शिक्षा
  • प्राथमिक स्वास्थ्य र स्वच्छता
  • स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता
  • स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिँचाइ
  • नगरपालिका सभा, स्थानीय अदालत, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन
  • स्थानीय अभिलेख व्यवस्थापन
  • घर जग्गा सम्पत्ति को वितरण
  • कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी
  • ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अपाङ्गता भएका व्यक्तिहरूको व्यवस्थापन
  • बेरोजगारी तथ्याङ्कको संकलन, व्यवस्थापन, सञ्चालन र कृषि विस्तारको नियन्त्रण
  • पानी आपूर्ति साना जलविद्युत आयोजना, वैकल्पिक ऊर्जा
  • - विपद् व्यवस्थापन
  • जल, वन्यजन्तु, खानी र खनिजहरूको संरक्षण
  • भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास

* स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ मा स्थानीय तहमा गर्नुपर्ने कामका क्षेत्रहरू उल्लेख छ।

वडा तथा प्रोफाइल

विवरण छिट्टै उपलब्ध हुनेछ। कागजात

विवरण छिट्टै उपलब्ध हुनेछ। कागजात

विवरण छिट्टै उपलब्ध हुनेछ। कागजात

विवरण छिट्टै उपलब्ध हुनेछ। कागजात

विवरण छिट्टै उपलब्ध हुनेछ। कागजात

विवरण छिट्टै उपलब्ध हुनेछ। कागजात

विवरण छिट्टै उपलब्ध हुनेछ। कागजात

विवरण छिट्टै उपलब्ध हुनेछ। कागजात

विवरण छिट्टै उपलब्ध हुनेछ। कागजात

विवरण छिट्टै उपलब्ध हुनेछ। कागजात

विवरण छिट्टै उपलब्ध हुनेछ। कागजात

विवरण छिट्टै उपलब्ध हुनेछ। कागजात

विवरण छिट्टै उपलब्ध हुनेछ। कागजात

विवरण छिट्टै उपलब्ध हुनेछ। कागजात